नेभिगेशन
समाचार

सातौं बाँसगढी औधोगीक कृषि पर्यटन व्यापार तथा बर्दिया माघ महोत्सव समापन

बाँसगढी उद्योग वाणिज्य संघद्वारा आयोजित बाँसगढी महोत्सव आज औपचारिक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। समापन समारोह संघका संस्थापक अध्यक्ष पुष्पराज बरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको सभाअध्यक्षता बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्री बरालले गर्नुभएको थियो। समारोहमा संघका सल्लाहकार नरबहादुर ओली, निवर्तमान अध्यक्ष, सुरक्षाकर्मी, पत्रकार, संघका सदस्य, स्थानीय व्यवसायी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा बोल्दै वक्ताहरूले महोत्सवले स्थानीय व्यापार, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय उत्पादनको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए। साथै, यस्ता कार्यक्रमहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरिएको थियो।
संघले महोत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वयंसेवक तथा सम्पूर्ण बाँसगढीवासीप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेको छ। आयोजकका अनुसार सबैको साथ, सहयोग र सहभागिताका कारण महोत्सव अपेक्षाअनुसार सफल भएको हो।
महोत्सव अवधिभर विभिन्न व्यापारिक स्टल, स्थानीय उत्पादन प्रदर्शनी, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले दर्शकको उल्लेखनीय सहभागिता पाएको संघले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update