नेभिगेशन
समाचार

उजुरी जाँचपछि दुई उम्मेदवारको उम्मेदवारी खारेज

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गर्दा दुई जनाको उम्मेदवारी खारेज गरिएको छ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नं. १० की उम्मेदवार सुमित्रा बस्नेत र कैलाली–१ का रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको हो।

काठमाडौँ क्षेत्र नं. १० की उम्मेदवार बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको जानकारीका आधारमा उजुरी दर्ता भएपछि जाँचबुझ गरिएको थियो। जाँचका क्रममा उक्त तथ्य प्रमाणित भएपछि उनको उम्मेदवारी खारेज गरिएको काठमाडौँ निर्वाचन क्षेत्र नं. १० की निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

यस्तै, कैलाली–१ का उम्मेदवार रेशम चौधरीको हकमा पनि उजुरीमाथि गरिएको जाँचबुझपछि उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले कानुन र मापदण्ड विपरीत उम्मेदवारी कायम नरहने स्पष्ट गर्दै उजुरीका आधारमा निष्पक्ष रूपमा जाँचबुझ गरी निर्णय गरिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update