नेभिगेशन
समाचार

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ।
कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार बन्दसत्र बिहान ८ बजेदेखि सुरु हुने तय भएको छ।

बन्दसत्रको प्रारम्भमै विशेष महाधिवेशनका लागि तयार पारिएको कार्यविधि पारित गर्ने कार्यसूची रहेको छ।
कार्यविधि पारित भएसँगै बन्दसत्रमा सात प्रदेश, काठमाडौँ उपत्यका तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिहरूलाई समेटेर छुट्टाछुट्टै नौ समूह गठन गरी नीति, नियम, विधान र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा गहन छलफल गरिनेछ।


बन्दसत्रको अध्यक्षता पार्टीका ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको संयोजक आचार्यले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update