नेभिगेशन
समाचार

विद्यार्थी नेतृत्वमा बनेको ‘मुनाल’ उपग्रह प्रक्षेपणको तयारी पूरा

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको सम्पूर्ण तयारी पूरा गरेको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।


नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा झण्डै दुई वर्ष लगाएर तयार पारिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिने नास्टले जनाएको छ।


विद्यार्थीहरूको सक्रिय सहभागिता र नेतृत्वमा निर्माण भएको मुनालले नेपालको वैज्ञानिक क्षमता, अनुसन्धान सम्भावना र अन्तरिक्ष प्रविधिप्रतिको बढ्दो रुचिलाई उजागर गरेको छ। यसले भविष्यमा अन्तरिक्ष विज्ञान तथा प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र स्वदेशी अनुसन्धानलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
नास्टका अनुसार मुनाल उपग्रहको सफल प्रक्षेपणसँगै नेपाल अन्तरिक्ष प्रविधि प्रयोग गर्ने राष्ट्रको सूचीमा थप मजबुत रूपमा स्थापित हुने विश्वास लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update