नेभिगेशन
समाचार

कर्णाली प्रदेशमा चौथो तह विज्ञापन रोकियो सरकारको लापरबाहीले हजारौँ विद्यार्थीको सपना ‘सड़कमा’”

कर्णाली प्रदेशमा चौथो तहको विज्ञापन ननिकालिएको आधिकारिक सूचना बाहिरिएपछि तयारीरत विद्यार्थीहरू आक्रोशित र निराश भएका छन्। महिनौँदेखि रातदिन ‘लोकसेवा पास’ गर्ने सपना बोकेका युवाहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लापरबाहीले सिधै चोट पुर्याएको छ ।लोकसेवा आयोगका अनुसार —

👉 प्रदेशका स्थानीय तह र सम्बन्धित मन्त्रालयहरूले रिक्त पदको माग नै नपठाएपछि

आयोग “हात बाँधिएको” अवस्थामा परेको हो। विज्ञापन प्रकाशनका लागि अन्तिम म्यादसमेत सकिँदा पनि रिक्त दरबन्दी विवरण नआएपछि यो वर्षको प्रतीक्षित चौथो तहको विज्ञापन रोकिएको आयोगले जनाएको छ ।

यसले तयारीरत विद्यार्थीहरू बीच तीव्र असन्तोष फैलिएको छ।

कसैले बैंक रिन लिएर पढ्न आएको छ, कसैले जागिर छाडेको छ, कसैले कोचिङमा लाखौँ खर्चेर तयारी गरिरहेको छ— तर सरकारले नै समयमै काम नगर्दा विद्यार्थीको भविष्य अलपत्र परेको छ ।

📌 विद्यार्थीका दृष्टिमा मुख्य देखिएका समस्या  महिनौ देखि तयारी गरिरहेकाले मानसिक र आर्थिक दुवै बोझ

विज्ञापन कहिले आउँछ भन्ने अनिश्चितता

स्थानीय तहको गैरजिम्मेवारी र कमजोर समन्वयको सीधा प्रभाव

सरकारी निर्बलताले बेरोजगार  विद्यार्थीहरू लाई थप निराशा ।

“हामीले चाप र मेहनत सह्यौं, तर प्रणालीले हामीलाई धोका दियो ।

अब जिम्मेवारीपूर्ण कदम नचालिने हो भने कर्णाली प्रदेशको प्रशासनिक क्षमतामै प्रश्न उठ्ने निश्चित छ।

तयारी विद्यार्थीहरूको भविष्य बचाउन सरकारले तुरुन्त रिक्त पदको माग पठाई विज्ञापन प्रक्रिया अघि बढाउनुपर्ने आवाज झनै चर्किंदै गएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update