नेभिगेशन
समाचार

कर्णालीको पहिचान बनेकी उपाध्यक्ष देविका सिंह शि–लिड्स आइकन अवार्डको उत्कृष्ट ७ महिला नेतृत्वमा चयन

जाजरकोट– कर्णाली प्रदेशका लागि गर्वको क्षण! कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंह नेपाली महिला जनप्रतिनिधि सशक्तिकरण र संचार क्षमतामा देखाएको अद्वितीय योगदानका आधारमा शि–लिड्स आइकोन नेपालको दोस्रो अवार्ड समारोहमा मुलुकभरिका उत्कृष्ट ७ जना महिला नेतृत्वमध्ये छनोट हुन सफल भएकी छन ।

महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि र प्रभावकारी संचार अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी सिंहलाई यस सम्मानले कर्णाली प्रदेशको प्रतिनिधिका रूपमा राष्ट्रिय स्तरमा उजागर गरेको छ। स्थानीय शासनमा पारदर्शिता, उत्तरदायित्व र समावेशी नेतृत्वलाई प्राथमिकता दिँदै अघि बढेकी उनी अब देशभरका प्रेरणादायी महिला नेतृहरूमध्ये एकका रूपमा स्थापित भएकी छन्।

उनीको चयनले कुशे गाउँपालिका मात्र होइन, सम्पूर्ण कर्णालीले गर्व गर्ने अवसर पाएको छ ।

उपाध्यक्ष देविका सिंहलाई हार्दिक बधाई तथा सफल भविष्यका लागि शुभकामना!

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update