नेभिगेशन
समाचार

हङकङको ताइ पोमा भीषण आगलागी : एकै भवनमा ४० भन्दा बढीको मृ**त्यु, शहर शोकमा

हङकङको ताइ पो क्षेत्रमा अवस्थित एक आवासीय भवनमा गएराति भएको भयानक आगलागीले ४० भन्दा बढी मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। राति अचानक भड्किएर फैलिएको आगोले केही मिनेटमै भवनलाई पूर्णरूपमा घेरिदिँदा धेरैले भाग्ने अवसर समेत नपाएको बताइन्छ।

 

स्थानीय सुरक्षाकर्मीका अनुसार आगो लाग्नेबित्तिकै भवनभित्र धुँवा र आगो तीव्र गतिमा फैलिएको थियो। उद्धार टिमले रातभर दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको ठूलो टोली परिचालन गरे पनि क्षति रोक्न नसकिएको जनाइएको छ। उद्धारका क्रममा केहीलाई बाहिर निकाल्न सफल भए पनि अधिकांश मानिस कोठा भित्रै अड्किएका थिए।

 

घटनास्थलको दृश्य अत्यन्त भयावह रहेको र मृ*तक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ भने विद्युत् शरीर् छोटसर्किट मुख्य कारण हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ।

 

यस भीषण घटनापछि हङकङभरै शोकको वातावरण छाएको छ। स्थानीय प्रशासनले प्रभावित परिवारलाई राहत, उपचार तथा मानसिक सहयोग उपलब्ध गराउने जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update