नेभिगेशन
समाचार

देशभरको मौसम आज सफा रहने : घाम निस्कँदा जनजीवन झन् चहलपहल

देशभर आजको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विगत केही दिनदेखिको बदली र चिसो हावापानीपछि आज अधिकांश भू–भागमा खुलेको आकाशले जनजीवन थप सहज बनेको छ।

 

बिहानैदेखि पहाड तथा तराई क्षेत्रमा घाम झुल्किँदा यातायात, कृषि तथा दैनिकक्रियाकलापमा उत्साह देखिएको छ। काठमाडौँ उपत्यकादेखि कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशसम्म मौसम खुला र स्थिर रहने अनुमान छ। हिमाली भेगमा समेत बादलको प्रभाव न्यून रहने तथा सामान्य हावापानी मात्र रहने प्रक्षेपण गरिएको छ।

 

महाशाखाका अनुसार आगामी केही घण्टासम्म कुनै ठूलो मौसमी प्रणाली सक्रिय नभएकाले वर्षा वा अप्रत्याशित परिवर्तनको सम्भावना कम देखिन्छ। मौसम स्थिर रहदाँ किसानलाई बाली व्यवस्थापन र रोपाइँ–कटानीमा सहजता हुने अपेक्षा गरिएको छ।

 

सफा मौसमले हावापानी रमणीय बनेसँगै आन्तरिक पर्यटनको माहोल पनि बढ्ने संकेत देखिएको छ।

आजको दिनभर देशभर घामिलो र रमाइलो मौसम रहँदै स्थिर तापक्रम रहने अनुमान गरिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update