नेभिगेशन
समाचार

सुर्खेतमा स्कुल बस–मोटरसाइकल ठोक्किँदा एक युवकको दुःखद मृ**त्यु

सुर्खेतस्थित वीरेन्द्रनगर–१२ चाँदनी चौकमा सैनिक आवासीय विद्यालयको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृ**त्यु भएको छ। नेवारेतर्फ जाँदै गरेको सैनिक आवासीय महाविद्यालय मंगलगढीको बा.प्र.०१–००४ क ५५७४ नम्बरको स्कुल बसले भे. ८ प. ४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका वीरेन्द्रनगर–७ निवासी अन्दाजी २३ वर्षीय महेश सापकोटालाई तत्काल प्रदेश अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृ**त्यु भएको प्रहरीले पुष्टि गरेको छ।

 

घटना भएपछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियाहरू सुरू गरेको छ। भीडभाडयुक्त क्षेत्रमा भएका यस्ता दुर्घटनाले फेरि एक पटक सडक सुरक्षा र सतर्कताका आवश्यकताप्रति सबैको ध्यान आकर्षित गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update