नेभिगेशन
समाचार

कुशे गाउपालिका ३ मा रहेको टावर संकट: ६ महिनादेखि जनतालाई ११ घण्टा ‘सञ्चारविहीन’ बनाउने टेलिकमको लापरबाही!

जाजरकोट — कुशे गाउँपालिका–३ को टेलिकम टावर ६ महिनादेखि जीर्ण ब्याट्रीका कारण राति ९ बजेदेखि बिहान ८ बजेसम्म पूर्ण रूपमा बन्द हुँदै आएको छ। कुशे–१ देखि ४ सम्मका हजारौँ नागरिक प्रत्येक रात ११ घण्टा सम्पर्कविहीन बन्न बाध्य छन्।

३ महिना अघि ल्याइएका नयाँ ब्याट्री पनि निष्क्रिय भएपछि टेलिकमको गुणस्तर र जिम्मेवारीमा शंका थपिएको छ।

आपतकालीन अवस्था, शैक्षिक–व्यावसायिक काम र सुरक्षामा ठूलो जोखिम बढेको स्थानीयको गुनासो छ।

स्थानीयवासीको प्रश्न:

“हामी ६ महिना देखिको पीडा कहिले सम्म सहने नेपाल टेलिकम र स्थानीय सरकारको मौनताप्रति आक्रोश बढ्दै छ, र छिटो समाधान नभए कुशेमा विरोध–आन्दोलन भड्किन सक्ने चेतावनी स्थानीयले दिएका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update