नेभिगेशन
समाचार

कुशे गाउपालिका ३ मा रहेको टावर संकट: ६ महिनादेखि जनतालाई ११ घण्टा ‘सञ्चारविहीन’ बनाउने टेलिकमको लापरबाही!

जाजरकोट — कुशे गाउँपालिका–३ को टेलिकम टावर ६ महिनादेखि जीर्ण ब्याट्रीका कारण राति ९ बजेदेखि बिहान ८ बजेसम्म पूर्ण रूपमा बन्द हुँदै आएको छ। कुशे–१ देखि ४ सम्मका हजारौँ नागरिक प्रत्येक रात ११ घण्टा सम्पर्कविहीन बन्न बाध्य छन्।

३ महिना अघि ल्याइएका नयाँ ब्याट्री पनि निष्क्रिय भएपछि टेलिकमको गुणस्तर र जिम्मेवारीमा शंका थपिएको छ।

आपतकालीन अवस्था, शैक्षिक–व्यावसायिक काम र सुरक्षामा ठूलो जोखिम बढेको स्थानीयको गुनासो छ।

स्थानीयवासीको प्रश्न:

“हामी ६ महिना देखिको पीडा कहिले सम्म सहने नेपाल टेलिकम र स्थानीय सरकारको मौनताप्रति आक्रोश बढ्दै छ, र छिटो समाधान नभए कुशेमा विरोध–आन्दोलन भड्किन सक्ने चेतावनी स्थानीयले दिएका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update