नेभिगेशन
समाचार

आज सुर्खेत काक्रेबिहार जंगलमा युवायुवती झुण्डिएको अवस्थामा फेला, सनाखतपछि अनुसन्धान तीव्र

सुर्खेतको वीरेन्द्रनगर–९ स्थित काक्रेबिहार जंगलमा सोमबार बिहान एक अत्यन्त दुःखद घटना बाहिर आएको छ। करिब ११:२० बजे घाँस काट्न गएका स्थानीयले करौतेको रुखमा सलको पासो लगाएर झुण्डिएका दुई युवायुवती देखेपछि तत्काल प्रहरीलाई खबर गरेका ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेहरूमध्ये किशोरी १६ वर्षीया दिपिका चौधरी वीरेन्द्रनगर–१०, खजुराकी निवासी हुन् भने युवक १८ वर्षीय नरेश खत्री जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का रहने भएको पुष्टि गरिएको छ ।

घटनास्थलमा प्राथमिक अनुसन्धान सम्पन्न भइसकेको र घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ। पोस्टमार्टम र अन्य प्रकृया पूरा भएपछि मात्र घटनाको स्वरूप स्पष्ट हुने अपेक्षा गरिएको छ।

 

स्थानीय समुदाय यस घटनाबाट स्तब्ध बनेका छन् भने सुरक्षासंस्थाले सम्पूर्ण पक्षलाई समेटेर आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update