नेभिगेशन
समाचार

सुशीला कार्की सरकारमाथि संकट गहिरिँदै, जेन-जी आन्दोलनसँगै अन्तरविरोध चुलियो

काठमाडौं, मंसिर ८  
गत भदौ २३-२४ मा भएको जेन-जी ‘विद्रोह’ पछि राजनीतिक संकट समाधान गर्न र फागुनमा आम निर्वाचन गराउन म्यान्डेट पाएको सुशीला कार्की नेतृत्वको सरकार पछिल्ला दिनमा गम्भीर विवाद र दबाबमा परेको छ । विद्रोहकै जगमा बनेको यो सरकार र जेन-जी आन्दोलनका अगुवाहरूबीच नै पछिल्लो समय गहिरो अन्तरविरोध देखा परेको छ ।

देशको ठूलो दल नेकपा (एमाले) ले “फागुनमा चुनाव सम्भव छैन” भन्दै भदौ २७ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने अडान कायम राखेको छ । एमालेका नेताहरूले सार्वजनिक कार्यक्रमहरूमा समेत यो माग दोहोर्याउँदै आएका छन् । 

यसै क्रममा बाराको सिमरामा एमाले कार्यकर्ता र जेन-जी समर्थकहरूबीच भएको झडपले राजनीतिक वातावरण थप तनावग्रस्त बनेको छ । उक्त घटनाले दलहरूबीच आपसी अविश्वास झनै बढाएको विश्लेषकहरू बताउँछन् । 

सरकारमाथि संक्रमणकालीन न्याय र राजनीतिक संकटको प्रभावकारी नेतृत्व गर्न नसकेको चौतर्फी आरोप लाग्न थालेको छ । नेताहरूको घुमफिर, भेटघाट र आफ्ना कुरा राख्ने नैसर्गिक अधिकारमाथि समेत अंकुश लगाउने प्रयासका दृश्यहरू सार्वजनिक हुँदा निर्वाचनको वातावरणमा थप संशय पैदा भएको छ । 

जेन-जी विद्रोहको ऊर्जा र म्यान्डेट बोकेर आएको सरकार आफैं संकटमा फस्दा फागुनको निर्वाचन तोकिएकै मितिमा हुनेमा सर्वत्र आशंका बढ्दै गएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार अबको केही साता भित्रै ठोस राजनीतिक सहमति नभए देश लामो अनिश्चयको दलदलमा फस्ने जोखिम उच्च रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update