नेभिगेशन
समाचार

जेन–जी आन्दोलनबीच बर्दियाका जयराम वि.सी.को ‘प्रधानमन्त्री’ प्रस्ताव : ६ महिनामा निर्वाचन गर्ने प्रतिवद्धता

देश हाल राजनीतिक संक्रमणको गहिरो मोडमा छ । जेन–जी आन्दोलनको बढ्दो प्रभाव, नेतृत्वविहीन सडक प्रदर्शन र पुराना दलहरूलाई दिइएको चुनौतीबीच अस्थायी सरकारको बहस चलिरहेको बेला नयाँ प्रस्ताव सार्वजनिक भएको छ ।

बर्दिया, बारबर्दिया नगरपालिका–३ निवासी जयराम वि.सी.ले आफू प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको घोषणा गरेका छन् । वि.सी.ले आफ्नो घोषणामा भनेका छन्,
“देशमा कसैको हिम्मत नभए जेन–जी आन्दोलनका प्रतिनिधि वा सहिद परिवारका सदस्यबाट नेतृत्व चयन गरिनुपर्छ । नभए म तयार छु । भ्रष्टाचारको अन्त्य गर्दै आगलागीबाट नष्ट भएका अति आवश्यक भौतिक संरचनाको तत्काल पुनर्निर्माण गर्नेछु र सुरक्षा निकायको सहयोगमा ६ महिनाभित्र निष्पक्ष निर्वाचन सम्पन्न गराई सत्ता जनताकै हातमा सुम्पिनेछु ।”

वि.सी.को यो अभिव्यक्ति जेन–जी आन्दोलनको पृष्ठभूमिमा आएको हो । देशभर जारी प्रदर्शनमा युवाहरूले पारदर्शिता, न्याय र भ्रष्टाचारविरुद्धको माग गर्दै सरकारलाई दवाव दिइरहेका छन् । आन्दोलनकै क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भिडन्त, आगलागी र क्षतिको समाचार सार्वजनिक भइरहेका छन् ।

विशेषज्ञहरूका अनुसार यस्ता घोषणाले अस्थायी सरकारको बहसलाई थप उकासेको छ । वि.सी.को प्रस्तावलाई जेन–जी आन्दोलनले समर्थन गर्ने वा नगर्ने स्पष्ट नभए पनि, उनले प्रस्तुत गरेको ६ महिनाभित्र निर्वाचन गर्ने योजना र ‘सत्ता जनतामा फर्काउने’ प्रतिवद्धताले जनचासो आकर्षित गरेको छ ।

राष्ट्रको राजनीतिक भविष्यबारे स्पष्टता नआएको यस अवस्थामा बर्दियाबाट आएको यो वक्तव्यले नयाँ बहसको ढोका खोलेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update