नेभिगेशन
समाचार

कसले पाउला रतन टाटाको डेढ खर्ब भारुको सम्पत्तिमा हक ?

कसले पाउला रतन टाटाको डेढ खर्ब भारुको सम्पत्तिमा हक ?

नयाँ दिल्ली । भारतका सबैभन्दा प्रतिष्ठित व्यापारी स्वर्गिय रतन टाटाले आफ्नो जीवनकालमा आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याएका थिए । आफ्नो सम्पत्तिको ठुलो हिस्सा उनले समाजसेवा र परोपकारका लागि दान पनि गरे । तर उनको मृत्युपछि उनको १ खर्ब ५० अर्ब भारु बराबरको उनको सम्पत्तिलाई लिएर यति बेला ठुलो विवाद उत्पन्न भएको छ उनको यतिका सम्पत्तिमा कसको नियन्त्रण हुनेछ भन्ने विवाद छ ।रतन टाटा एन्डोमेन्ट फाउन्डेसन (आरटीईएफ) मा ट्रस्टीहरूको नियुक्तिको सम्बन्धमा स्पष्ट दिशानिर्देशको अभावका कारण कसलाई नियुक्त गर्ने भन्ने अनिश्चय जारी छ । सरोकारवालाहरूले यस विषयमा मध्यस्थता गर्न सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशलाई नियुक्त गर्ने विचार गर्न सक्ने बताइएको छ । यिनीहरूले टाटाका इच्छापत्रकाकार्यान्वयनकर्ताहरू, उनको परिवार वा टाटा ट्रस्टका सदस्यहरू कसमा नियुक्त गर्ने अधिकार निहित रहनेछ भन्ने निर्णय गर्नेछन् । आरटीईएफ एक परोपकारी संस्था हो र यसले टाटाको १ खर्ब ५० अर्ब करोड भारुको सम्पत्तिको ठुलो हिस्सा व्यवस्थापन गर्छ ।रतन टाटाको सम्पत्तिको ठुलो हिस्सा परोपकार र सामाजिक सेवामा प्रयोग गरिनेछ । फरारी र मासेराटी जस्ता उनका लक्जरी कारहरू लिलामी गरेर आउने रकम फाउन्डेसनमै जान सक्नेछ । रतन टाटाले आफ्नो जीवनकालमा आर आर शास्त्री र बुर्जिस तारापोरवालालाई होल्डिंग ट्रस्टीको रूपमा नियुक्त गरेका  थिए । टाटा सन्सका अध्यक्ष एन.चन्द्रशेखरनलाई प्रबन्धक ट्रस्टी बनाउने उनको इच्छा थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update