नेभिगेशन
समाचार

बाँसगढीमा मिनि ट्रकको ठक्करबाट अज्ञात वृद्ध गम्भीर घाइते — पहिचान खुल्न नसके प्रहरीको आग्रह

पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक अन्दाजी ५५–६० वर्षीय पुरुष गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार बिहान करिब ४:४५ बजेतिर से.१ ख. ७८३ नम्बरको मिनि ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज लगिएको छ। हाल उनी अस्पतालमा उपचाररत छन्।

दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। यद्यपि, घाइते व्यक्तिको नाम, ठेगाना वा अन्य व्यक्तिगत विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले सो घटनाका सम्बन्धमा जानकारी हुने वा घाइतेलाई चिन्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढीमा सम्पर्क गर्न विशेष अनुरोध गरेको छ। जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर ९८५८०९०३२२ उपलब्ध गराइएको छ।

प्रहरीका अनुसार पीडितको परिवार वा चिनेजानेकाले समयमै सम्पर्क गरेमा उपचार, कानुनी प्रक्रिया र सहजीकरणमा सहयोग पुग्नेछ। सक्ने सहयोग सबैले गरौ,

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update