काठमाडौँ । प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् । प्रहरी जवान निशा चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।सलको पासोमा झुन्डिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनको १२ बजेसम्म ड्युटी थियो । ११ बजेतिर ड्युटी छाडेर उनी ब्यारेकमा गएको प्रहरी अधिकृतहरू बताउँछन् ।घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको छ ।