नेभिगेशन
समाचार

ठमेल र महाराजगञ्जमा प्रहरीको विशेष अपरेशन: ‘चक्रे मिलन’को पार्टीबाट संलग्नहरू पक्राउ

राजधानीको ठमेल र महाराजगञ्ज क्षेत्रमा बिहीबार राति प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै आपराधिक गतिविधिमा संलग्न धेरै व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सादा पोशाकमा खटिएर रातभरि निगरानी गरी अपरेशन सञ्चालन गरेको हो। प्रहरीका अनुसार चर्चित समूह 'चक्रे मिलन'को जन्मदिनको अवसरमा अपराधमा संलग्न विभिन्न गिरोहका सदस्यहरू भेला भएको विशेष सूचनाका आधारमा कारबाही थालिएको हो।

यसै क्रममा ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई पनि प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूको विवरण संकलन तथा पुराना मुद्दामा संलग्नताको पृष्ठभूमि पनि खोजी भइरहेको छ।

विशेष अपरेशनपछि प्रहरी प्रवक्ता नवराज अधिकारीले बताएअनुसार, “राजधानीमा असुरक्षा सिर्जना गर्ने तत्वहरूलाई नियन्त्रणमा लिन र अपराध नियन्त्रणलाई कडाइ गर्न हाम्रो निरन्तर अपरेशन चलिरहेको छ।”

ठमेल र महाराजगञ्ज क्षेत्र आपराधिक गतिविधिका संवेदनशील क्षेत्र मानिने भएकाले प्रहरीले यस्ता अपरेशनलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।

स्थानीयले समेत प्रहरीको सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्। “रातिको समयमा यस्ता गिरोहको गतिविधि बढेको थियो, अहिले प्रहरीले समातेर राहत महसुस भएको छ,” एक स्थानीय व्यवसायीले भने।

पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण भने प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन। अनुसन्धानपछि थप जानकारी सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update