नेभिगेशन
समाचार

सप्तरीमा खानेपानी संकट, दमकल ट्याङ्करमार्फत आपूर्ति सुरु

सप्तरी, मधेस प्रदेश – जिल्लाका विभिन्न स्थानीय तहमा देखिएको खानेपानी अभावलाई सम्बोधन गर्न मधेस प्रदेश सरकारले दमकल ट्याङ्करमार्फत पानी वितरणको पहल थालेको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा हाल रुपनी गाउँपालिका वडा नं. १ र २ मा पानी आपूर्ति सुरु भइसकेको छ। साथै राजगढ गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, विष्णुपुर गाउँपालिका र सुरुङ्गा नगरपालिकामा समेत खानेपानीको चरम अभाव भएका बस्तीहरूमा वितरण विस्तार गर्दै लगिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिएका छन्।

स्थानीय तहहरूको मागका आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको समन्वय र नेपाली सेनाको सहयोगमा ट्याङ्करमार्फत पानी वितरण गरिएको हो। यस अभियानमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ।

खानेपानी आपूर्ति थप प्रभावकारी बनाउन प्रत्येक पालिकामा एक–एक जना सम्पर्क व्यक्ति तोकिएको प्रदेश सरकारद्वारा जनाइएको छ। लगातारको गर्मी, पानीको स्रोत सुक्दै जानु र बोरिङको असफलताले गर्दा जिल्लामा पानी अभाव चुलिँदै गएको स्थानीयवासीहरूले गुनासो गर्दै आएका छन्।

यस असहज परिस्थितिमा प्रदेश सरकारले चालेको तत्कालीन कदमलाई स्थानीय तह तथा सर्वसाधारणले राहतको रूपमा लिएको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update