नेभिगेशन
समाचार

पुस्तक बिक्रीबाट सङ्कलित १२ करोड आविष्कार केन्द्रलाई

आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीबाट हालसम्म १२ करोड रुपैयाँ सङ्कलन भएको छ। पुस्तक बिक्रीबाट उठेको यो सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको पुनले जानकारी दिएका छन्।

७५० रुपैयाँ मूल्य रहेको उक्त पुस्तकको हालसम्म दुई लाख १८ हजार प्रति बिक्री भइसकेको छ। पुस्तक बिक्रीमार्फत वीरगञ्जमा सञ्चालित औजार कारखाना र विभिन्न आविष्कार गतिविधिहरूमा उक्त रकम खर्च गरिने पुनले बताएका छन्।

पुस्तक प्रचार तथा बिक्रीका लागि झापामा एक साता लामो अभियान सञ्चालन गरिरहेका डा. पुनलाई व्यक्तिगत तथा संस्थागत रूपमा निमन्त्रणा गरेर पुस्तक खरिद गर्ने क्रम बढ्दो छ।

सोमबार विर्तामोड नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममार्फत नगरपालिकाले ५० हजार रुपैयाँ बराबरको पुस्तक खरिद गरी सहयोग जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पवित्रा महतरा प्रसाईँले देश आत्मनिर्भर बनाउने पुनको अभियान सराहनीय भएको बताउँदै पुस्तक खरिदमार्फत सहयोग गर्न पाउँदा गर्व लागेको बताइन्।

यस्तै, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले डा. पुनको देशप्रेम, वैज्ञानिक सोच र लगनशीलता अनुकरणीय रहेको टिप्पणी गरे। उनले पुस्तक किनेर राष्ट्रिय अभियानमा साथ दिनुपर्नेमा जोड दिए।

विर्तामोड, दमक, बाह्रदशी, बुद्धशान्ति लगायतका स्थानीय तहहरूमा सामाजिक संस्था र युवाहरूको अगुवाइमा पुस्तक खरिद अभियान तीव्र रूपमा चलिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update