नेभिगेशन
समाचार

झाझ खोलानजिक कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

रौतहटको गरुडास्थित झाझ खोला नजिकैको खेतबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ गइरहेको ब्रेजा कार चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गर्न खोज्दा चालक भागेपछि गाँजा फेला परेको हो।

मंगलबार बिहान ग ३ च ६७९६ नम्बरको रातो रंगको ब्रेजा कार जाँच गर्न रोके पनि चालकले गाडी तीव्र गतिमा हुइँक्याउँदै भागेका थिए। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले पछ्याइरहेको अवस्थामा सो कार झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा फालिएको थियो। घटनापछि चालक फरार भएका छन्।

प्रहरीका अनुसार कारभरि गाँजा राखिएको थियो। तर, अहिले सम्म बरामद भएको गाँजाको यकिन परिमाण खुलाइएको छैन। बरामद कारलाई प्रहरीले क्रेनको सहारामा खेतबाट निकालिएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार तस्कर खेतको खाल्डोमा गाडी छाडेर उखुबारी हुँदै फरार भएका थिए। प्रहरीले अहिले चारैतिरबाट उखुबारी घेराबन्दी गरी खोजी तथा सर्च अभियान सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update