नेभिगेशन
समाचार

कैलाली डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत घुससहित रंगेहात पक्राउ

कैलाली डिभिजन वन कार्यालय, धनगढीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई घुससहित सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

यादवले कैलालीको चुरे गाउँपालिका–६ मा रहेको ग्वासी सामुदायिक वनबाट काटिएको काठको बिमर्का र छोडपूर्जीका लागि सेवाग्राहीसँग ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको हो। अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यादवमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

सार्वजनिक पदमा बसेका व्यक्तिबाट गैरकानुनी रूपमा रकम असुली गरिएको भन्दै अख्तियारले उक्त घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ।

स्रोतका अनुसार यादवले सेवाग्राहीलाई काठको वैधानिक प्रक्रिया सहज बनाइदिने प्रलोभन देखाउँदै ठूलो रकम असुली गरेका थिए। घटनासँग सम्बन्धित अन्य व्यक्ति र संलग्नताको विषयमा समेत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update