नेभिगेशन
समाचार

पहिरोले घर पुरिँदा पर्वतमा एकै परिवारका दुई जना बेपत्ता स्थानीयको पहलमा उद्धार जारी,

शनिबार राति परेको लगातारको वर्षापछि आइतबार बिहान पहिरो खस्दा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी पत्नी ७६ वर्षीया विष्णुमती बिक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

उनीहरूकी बुहारी ३२ वर्षीया पवित्रा बिकले भने समयमै भागेर ज्यान जोगाउन सफल भएकी छिन्।

वडा सदस्य सन्तोष बिकका अनुसार पहिरोले घर पूरै पुरिएको छ र स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी छ।

सडक अबरुद्ध भएकाले प्रहरीले घटनास्थलमा पुग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट खटिएको टोली हिँडेर घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

"सडक अवरुद्ध भएकाले पैदल जानुपरेको छ," उनले भने, "मोदी गाउँपालिकाको केन्द्र पातिचौरबाट सहज अवस्थामा डेढ घण्टा लाग्ने यो दूरी पैदल जान चार घण्टासम्म लाग्न सक्छ।"

शनिबार रातिदेखि पर्वत र आसपासका क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेको छ। नदी-नाला र खोलामा पानीको बहाव उच्च छ, जसले जोखिम अझ बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update