नेभिगेशन
समाचार

महानायक राजेश हमाल कर्णाली यसभिएसको ब्रान्ड एम्बेसडरमा नियुक्त

नेपाली चलचित्रका महानायक राजेश हमाल आगामी भदौमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को कर्णाली यसभिएस टिमको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने दोस्रो संस्करणको इडब्लुभिएल लिग भदौ २० गतेदेखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ। यही लिगका लागि शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच कर्णाली यसभिएस र महानायक हमालबीच औपचारिक सम्झौता भएको हो।

कर्णाली यसभिएसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। क्लबले नेपाली सिनेमाको प्रतिष्ठित व्यक्तित्वलाई आफ्नो टिमसँग जोड्न पाउँदा गौरव महसुस भएको बताएको छ।

सम्झौता कार्यक्रममा हमालले नेपाली महिला खेलाडीहरूलाई उत्साह र प्रेरणा प्रदान गर्ने उद्देश्यले लिग आयोजना गरिएको भन्दै आफू यस्तो अभियानको हिस्सामा रहन पाउँदा खुशी व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update