नेभिगेशन
समाचार

धुलिखेलको ‘जन्मोत्सव उद्यान’मा एक हजार बिरुवा रोपिँदै, समाजका प्रतिष्ठित व्यक्तिको सहभागिता

धुलिखेल नगरपालिका–१० स्थित ‘जन्मोत्सव उद्यान’ र त्यस वरपरका क्षेत्रमा आज एक हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको छ। पत्रकार, सामाजिक अभियन्ता, सरकारी तथा सुरक्षा निकायका प्रतिनिधि र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको सहभागितामा वृक्षारोपण अभियान सञ्चालन भएको हो।

उद्यानको उद्घाटन समारोहमा मुख्य सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा बिरुवा रोपी अभियानको शुभारम्भ गरे।

यस अभियानमा तराई विकास तथा सञ्चार केन्द्र र विभिन्न सञ्चारकर्मीहरूको सहकार्य रहेको छ। केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंका अनुसार, यसअघि रौतहटको चन्द्रपुर–९ सिन्दुरेघारी चाँदीखोलामा पनि यस्तै उद्यान निर्माण गरिएको थियो।

कार्यक्रममा उपस्थित अन्य विशिष्ट व्यक्तिहरूमा श्रम तथा रोजगार मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू र उपप्रमुख निराजन जङ्गम, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सुमन दाहाल, वाग्मती प्रदेश वन मन्त्रालयका सचिव डा. केदार बराल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्याल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, वडा नं. १० का वडाध्यक्ष गोविन्द भण्डारीलगायत विभिन्न निकायका प्रतिनिधिको उपस्थिति थियो।

उद्यानमा रोपिएका बिरुवाहरूलाई संरक्षण गर्न दीर्घकालीन योजना बनाइएको आयोजकहरूले जनाएका छन्। अभियानको उद्देश्य पर्यावरणीय सन्तुलन कायम गर्नुका साथै सामाजिक एकता र नागरिक सहभागिता प्रवर्द्धन गर्नु रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update