नेभिगेशन
समाचार

चोटग्रस्त तस्बिर सार्वजनिक गर्दै एलिना चौहानको चेतावनी : “म सत्यको बाटोमा छु”

लोकप्रिय गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटाको सामाजिक सञ्जालमार्फत आएको विज्ञप्तिपछि चोटग्रस्त अनुहारसहितको तस्बिर सार्वजनिक गर्दै न्यायका लागि कानुनी, सामाजिक र नैतिक बाटो अँगाल्ने स्पष्ट सन्देश दिएकी छन्।

एलिनाले आइतबार साँझ सामाजिक सञ्जालमा जुन ९, २०२४ मितिको भनिएको तस्बिर सार्वजनिक गरेकी हुन्। तस्बिरमा उनको अनुहारमा देखिने चोटपटकले गम्भीरता दर्शाउँछ। तस्बिरसँगै उनले लेखेकी छन्, “म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायको लागि अघि बढ्नेछु। किनकि म एक्लो भएपनि, सत्य मेरो साथमा छ।”

पूर्वपति सापकोटाले केही घण्टाअघि मात्र सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै आफ्नो पक्ष प्रष्ट पारेका थिए। त्यसपछि एलिनाले पहिलोपटक आफूलाई लागेको चोट देखाउँदै पुरानो घटनालाई पुनः सार्वजनिक गरिन्।

यसअघि विभिन्न अन्तर्वार्तामा उनले पूर्वपति सापकोटाबाट आफू कुटपिटमा परेको दाबी गरेकी थिइन्। तर, उक्त कुटपिटको प्रत्यक्ष प्रमाणस्वरूपको तस्वीर भने अहिले आएर सार्वजनिक भएको हो।

छ महिनाअघि काठमाडौं जिल्ला अदालतमार्फत यी दुईको कानुनीरुपमा सम्बन्धविच्छेद भएको थियो। तर, सम्बन्धको अन्त्यपछि पनि उनीहरूबीचको विवाद मिडियामा निरन्तर उठिरहेको छ।

समाजमा महिलामाथि हुने घरेलु हिंसा, मानसिक यातना र सम्बन्ध विच्छेदपछि पनि सतावटको विषयले यो मुद्दालाई अझ गम्भीर बनाएको छ। एलिनाको तस्बिर र भनाइसँगै यो विषय फेरि चर्चाको केन्द्रमा आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update