नेभिगेशन
समाचार

उचाइमा अवस्थित तिलिचो तालमा अब सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति हुन थालेको छ।

नेपाल विद्युत् प्राधिकरणले ३९० वाट क्षमताको सौर्य प्यानल जडान गरी तिलिचो ताल क्षेत्रमा बिजुली पुर्‍याएको हो। प्राधिकरणको मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोका अनुसार केही दिनदेखि ताल क्षेत्रमा सौर्य ऊर्जाबाट प्रकाश व्यवस्था सुरु गरिएको हो।

विद्युत् पुगेपछि ताल पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल चार्ज गर्न सहज भएको उनले बताए।

विद्युत् आपूर्तिका लागि बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखिएको छ। त्यस क्षेत्रबाट तालसम्म पुग्न करिब तीन घण्टा पैदल हिँड्नुपर्छ। ताल वरिपरि स्थायी बस्ती नहुनुका कारण तत्काललाई सौर्य ऊर्जामार्फत् विद्युत् आपूर्ति गरिएको हो।

महतोका अनुसार सौर्य ऊर्जाबाट प्रारम्भिक आवश्यकताहरू पुरा गर्न सकिने अवस्था बनेको छ भने भविष्यमा थप प्रविधिको विकाससँगै सेवा विस्तारको योजना पनि रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update