नेभिगेशन
समाचार

दार्चुलामा ३२ वर्षमा २३ जना तुइनबाट खसेर महाकालीमा बेपत्ता,

दार्चुलाको व्यास गाउँपालिका–२ तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी मङ्गलबार तुइन तर्दै गर्दा महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। भारततर्फ किनमेल गर्न जाने क्रममा तुइनको डोरी चुँडिएर उनी नदीमा खसेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो।

३२ वर्षको अवधिमा महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता हुनेको संख्या २३ पुगेको व्यास गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिनुभयो। उनका अनुसार तीमध्ये २० जना दुम्लिङगाउँका बासिन्दा हुन् भने बाँकी अन्य ठाउँका हुन्।

हाल दुम्लिङ र नाजी क्षेत्रमा अवैध रूपमा तुइन प्रयोग हुँदै आएको छ। दुम्लिङमा झोलुङ्गे पुल नहुँदा १०५ परिवार तुइनको भरमा वारपार गर्न बाध्य छन्। मालगाउँमा रहेको झोलुङ्गे पुलसम्म पुग्न तीन घण्टा पैदल हिँड्नुपर्ने भएकाले दुम्लिङका बासिन्दाले वैकल्पिक व्यवस्था खोज्दै आएका छन्।

नेपाल सरकारले तुइन विस्थापन योजना ल्याएर विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गरे पनि दार्चुलाको धेरैजसो जोखिमयुक्त क्षेत्रमा अझै तुइन प्रयोग हुँदै आएको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अन्तर्राष्ट्रिय सीमाको सुरक्षालाई ध्यानमा राख्दै तुइन नलगाउन आग्रह गर्नुभएको छ।

स्थानीयले पटकपटक सरकारसँग सुरक्षित झोलुङ्गे पुल निर्माणको माग गर्दै आएका छन्। तर सरकारको उदासीनताका कारण दार्चुलामा प्रत्येक वर्ष नागरिकले तुइनमार्फत ज्यान गुमाउन बाध्य हुनुपरेको अवस्था दोहोरिँदो छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update