नेभिगेशन
समाचार

कीर्तिपुर क्रिकेट मैदान स्तरोन्नति: तोकिएको समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान स्तरोन्नति योजना अन्तर्गत प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम समयमा नसक्ने ठेकेदार कम्पनीलाई सरकारको तर्फबाट हर्जना लागाइएको छ।

शहरी विकास मन्त्रालयका अनुसार सम्झौताअनुसार ठेकेदार कम्पनीलाई दैनिक कूल लागतको ०.०५ प्रतिशत — करिब दुई लाख रुपैयाँ — हर्जना तिर्नुपर्ने व्यवस्था छ।

प्यारापिट निर्माणका लागि बीकेओआई–केसीडीसी–बीजी जेभी र फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जेभीले फागुन १९ र २२ गते सम्झौता गरेका थिए। प्यारापिट निर्माणमा ४९ करोड २५ लाख र फ्लडलाइट जडानमा ४७ करोड ३७ लाख रुपैयाँको लागत छ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले असार ३० गतेबाट हर्जना लाग्ने जानकारी ठेकेदारलाई दिइसकेको बताए। उनले भने, "अब काम नसक्दासम्म दिनहुँ हर्जना लाग्नेछ, अधिकतम १० प्रतिशत हर्जना गरिसकेपछि पनि नसकेमा ठेकेदार कालोसूचीमा पर्नेछ।"

हालसम्म प्यारापिटतर्फ ६३ प्रतिशत वित्तीय र ७७ प्रतिशत भौतिक प्रगति तथा फ्लडलाइटतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति पुगेको छ। ठेकेदार कम्पनीले भने आगामी एक महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update