नेभिगेशन
समाचार

चन्द्रागिरि नगरपालिकाको दुई अर्ब ९३ करोडको बजेट पारित

चन्द्रागिरि नगरपालिकाको १६औं नगरसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल दुई अर्ब ९३ करोड ४६ लाख रुपैयाँको बजेट पारित गरेको छ। नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले बजेट तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो।

पारित बजेटअनुसार चालू खर्चतर्फ एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्चतर्फ एक अर्ब ७० करोड ६८ लाख विनियोजन गरिएको छ। नगरप्रमुख घनश्याम गिरीले बहुमतबाट पारित भएको बजेटले नगरवासीको मागलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले प्रस्तुत बजेट कार्यान्वयनमुखी भएको स्पष्ट पार्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नगर समृद्धिमा जुट्न सबैलाई आह्वान गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update