नेभिगेशन
समाचार

जाजरकोटमा हाईटेन्सन मर्मतका क्रममा करेन्ट लाग्दा एक युवाको नि'धन,

जाजरकोटको नलगाड नगरपालिका वडा नं. ७ निवासी शिशिर चन्दको आज बिहान करिब १० बजे हाईटेन्सन लाइन मर्मत गर्ने क्रममा निधन भएको छ।

नलगाड–४ स्थित गुवारामा नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाइन मर्मत गर्ने क्रममा लाइनमा करेन्ट प्रवाह भइ चन्दको घटनास्थलमै ज्यान गएको हो।

स्थानीयका अनुसार मर्मत कार्यका क्रममा लाइन छेडिँदा दुर्घटना भएको हो। 

घटनापछि स्थानीयवासी स्तब्ध छन् र मर्मत कार्यमा लापरबाही भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सुरक्षाका उपायहरू नअपनाइ काम गरिँदा ज्यान गएको भन्दै पीडित पक्षले उचित छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update