नेभिगेशन
समाचार

कर्णाली प्रदेशले जलविद्युत् क्षेत्रमा ५० लाख विनियोजन, २० मेगावाटसम्मका आयोजना अध्ययन गरिने

कर्णाली प्रदेश सरकारले २०८२/८३ को बजेटमा जलविद्युत् क्षेत्रलाई प्राथमिकता दिँदै २० मेगावाटसम्मका आयोजनाको सम्भाव्यता अध्ययनका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जलविद्युत् आयोजना, सहलगानी र सेयर लगानीका कार्यक्रमलाई अघि सारेको हो।

मन्त्रालयका प्रवक्ता पदमराज देवकोटाका अनुसार, जलविद्युत् कर्णाली प्रदेश विद्युत् ऐन–२०८१ अनुसार प्रदेश सरकारले आफ्नै लगानीमा आयोजना निर्माणको बाटो खुला गरेको छ। यसअघि १०६ मेगावाटको जगदुल्ला आयोजना र १२० मेगावाटको जगदुल्ला हाइड्रो–ए मा समेत प्रदेशले सेयर लगानी गरिसकेको छ।

त्यस्तै, स्थानीय तहसँगको सहकार्यमा साना जलविद्युत् आयोजना निर्माणका लागि ११ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ भने ग्रामिण लघुजलविद्युत् मर्मत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेश सरकारले जलविद्युत् क्षेत्रलाई आर्थिक समृद्धिको आधार मानेर दीर्घकालीन लगानीका कार्यक्रम अघि सारेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update