नेभिगेशन
समाचार

बाँसगढीमा लागुऔषधविरुद्धको सडक नाटक: समुदायमा सकारात्मक प्रभाव

बर्दिया — बाँसगढी नगरपालिका–५ मा लागू औषध दुरुपयोगविरुद्ध चेतना फैलाउने उद्देश्यले एक प्रभावशाली सडक नाटक सम्पन्न भएको छ। “लागू औषध दुरुपयोग विरुद्ध लडौं, रोकथाममा जोड दिऔँ” भन्ने मूल नारासहित युवा सञ्जाल बाँसगढीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढी उद्योग वाणिज्य संघ तथा वडा नं ५ कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रमलाई स्थानीय युवाहरूले नेतृत्व दिएका थिए। नाटकमा वडा अध्यक्ष, प्रहरी जनप्रतिनिधि, बुद्धिजीवी तथा स्वयं युवा सञ्जालका सदस्यहरूले अभिनय गरेका थिए।

नाटकमा लागू औषध कसरी हाम्रो समाजमा प्रवेश गर्छ, यसले युवामा पार्ने नकारात्मक असर, परिवार र समुदायमा निम्त्याउने समस्याहरू र रोकथामका उपायहरूलाई जीवन्त ढंगले प्रस्तुत गरिएको थियो। दर्शकले गहिरो चासोका साथ नाटक हेरेका थिए र कार्यक्रमपछि भएको अन्तर्क्रियामा सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमपछि युवा सञ्जालका अध्यक्ष एकनारायण अधिकारीले स्थानीयहरूबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिए। “हाम्रो समाजमै यस्तो नाटक देखेर धेरैले सोच्ने मौका पाए, अभिभावक र युवाहरू दुवैले यसको महत्व बुझे,” उनले भने।

स्थानीय बासिन्दाहरूले पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा गर्न सके लागु औषध नियन्त्रण गर्न सकिन्छ भन्ने सुझाव दिएका छन्। “यो नाटकले लागू औषधको असर र यसको समाधानबारे सोच्न बाध्य बनायो,” एक स्थानीय महिलाले भनिन्।

लागू औषध दुव्र्यसन नियन्त्रणको प्रयासमा यस्तो खाले सचेतनामूलक कार्यक्रमले समुदायमा गहिरो प्रभाव पारेको देखिन्छ। बाँसगढी नगरपालिका र समन्वयकारी निकायहरूले यस्तो प्रयासलाई निरन्तरता दिनुपर्ने स्थानीयको धारणा छ। युवा सञ्जाल बाँसगढीको यो अभियान लागू औषधमुक्त समाज निर्माणतर्फको सार्थक कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update