नेभिगेशन
समाचार

भूकम्पपीडितको पुनःस्थापनामा सरकार उदासिन : सांसद बस्नेतको आरोप

नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले जाजरकोट भूकम्पपीडितहरूको पुनःस्थापनामा सरकार उदासिन देखिएको भन्दै कडा आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले डिडी (डिजास्टर डाटा इन्पुट) को नाममा प्रक्रिया लम्ब्याएर पुनर्निर्माणमा ढिलाइ गरिएको आरोप लगाए।

"वर्षाको समयमा भत्किएका घरहरू अझै ठूलो जोखिम बन्दै गएका छन्, तर सरकारको प्रतिक्रिया सुस्त छ," उनले भने।
बस्नेतले चर्किएका कुनै पनि घरहरू अब बस्नयोग्य नरहेको उल्लेख गर्दै सबै प्रभावित क्षेत्रको पुनर्निर्माण कार्य तुरुन्त अघि बढाउन माग गरे।
सभामुखमार्फत सरकारलाई ढिलासुस्ती अन्त्य गर्न दबाव दिनसमेत उनले आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update