नेभिगेशन
समाचार

नदीमा डुबेर किशोरको ज्यान गयो

कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको डोडा नदीमा नुहाउने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ।

आईतबार दिउँसो साथीसँग नदीमा नुहाउन गएका १७ वर्षीय सुन्दरप्रसाद भट्टको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो। मृतक भट्ट सोही ठाउँका तुलादत्त भट्टका छोरा हुन्।

नदीमा डुबेको जानकारी पाएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनलाई बाहिर निकालिएको भए पनि तत्कालै ज्यान गइसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि धनगढी पठाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update