नेभिगेशन
समाचार

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा कार्यरत एक सवारी चालकको शव १५ दिनपछि फेला परेको छ।

दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ निवासी २९ वर्षीय हिमतबहादुर विष्टको शव शुक्रबार भेरी नदी किनारमा भेटिएको हो।

विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भन्दै कार्यालयमा खबर गरेका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार असार ९ गते विष्टले प्रयोग गर्दै आएका सरकारी नम्बर प्लेटको मोटरसाइकल सुर्खेतको भेरीगंगा नगरपालिका स्थित भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो।

लगातार खोजीकार्य भइरहेका बेला शुक्रबार बराहताल गाउँपालिका–४, साजघाटस्थित भेरी नदी किनारमा उनको शव फेला परेको बुढथापाले जानकारी दिए।

शवको पहिचान र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update