नेभिगेशन
समाचार

समयमै नबन्दा कन्काई पुल: स्थानीय जोखिम मोलेर डुंगा र बाँसको पुलमा यात्रा गर्न बाध्य

वर्षौँदेखि अधुरो रहेको कन्काई नदीको पुल निर्माणले स्थानीय जनजीवनमा गहिरो असर पारेको छ । निर्माण व्यवसायीको लापरवाही र सरकारी निकायको निरीहताका कारण झापाको गौरीगन्ज गाउँपालिकाका नागरिक वर्षा याममा डुंगा र हिउँदमा बाँसको पुलमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

सरकारले समयमै निर्माण कार्य सम्पन्न गर्न नसक्ने ठेकेदारविरुद्ध कारबाही गर्न नसक्दा समस्या झनै जटिल बन्दै गएको छ । अहिले पुल बन्न नसक्दा स्थानीय बासिन्दा नदी तर्न दिनहुँ रकम तिरेर डुंगा र बाँसको पुल प्रयोग गर्न बाध्य छन् । गौरीगन्ज गाउँपालिकाले हिउँदमा बाँसको पुल र बर्खामा डुंगा सञ्चालनका लागि दुई लाख ३० हजार रुपैयाँमा स्थानीय ईश्वर माझीलाई जिम्मा दिएको छ ।

ईश्वर माझीले हिउँदमा बाँसको लामो पुल बनाए । त्यस प्रयोगका लागि मोटरसाइकल यात्रीसँग ५० रुपैयाँ र साइकल यात्रीसँग ३० रुपैयाँ लिँदै आएका छन् । वर्षा सुरु भएपछि माझीले डुंगा सञ्चालन गरेका छन् । डुंगाबाट नदी तर्दा मोटरसाइकलका लागि १५० रुपैयाँ, साइकल र सामानसहितका मानिसका लागि ५० रुपैयाँ र पैदल यात्रुका लागि ३०–५० रुपैयाँसम्म शुल्क लिइन्छ ।

स्थानीय बासिन्दा बाङ्ठु महतो भन्छन्, "यहाँ दैनिक दुई सयभन्दा बढी मानिसहरू आवतजावत गर्छन् । तर पुलको काम कहिल्यै सम्पन्न हुँदैन । यसपटक पनि केही मजदुर ल्याएर झारा टार्ने शैलीमै काम गरिएको थियो ।"

पुलको अधुरो निर्माणले जनताको जीवन जोखिममा परेको छ, तर न सरकार गम्भीर देखिन्छ न ठेकेदार कम्पनी जवाफदेही । यस स्थितिले आम नागरिकले जोखिम खप्नु परेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update