नेभिगेशन
समाचार

रुरुक्षेत्रमा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी, जोखिमपूर्ण यात्रा समाप्त

गाउँबीच झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुशी भएका छन्। खोलामा पुल नहुँदा पाँच मिनेटको दूरी पार गर्न पनि घण्टौँ समय लाग्ने र वर्षायाममा खोला तर्नु जोखिमपूर्ण हुने बाध्यता अब समाप्त भएको छ।

लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा १ करोड ८६ लाख रुपैयाँ लागतमा निर्माण गरिएको झोलुङ्गे पुलले वडा नं १ को गोलपोखरी र वडा नं २ को चौरफाँटलाई जोडेको छ। पुल निर्माणपछि स्थानीयलाई वारिपारि गर्न, अर्मपर्म गर्न, बिहे भतेर वा आपत् विपद्का बेला गाउँ–गाउँमा सहयोग गर्न सहज भएको छ।

गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार, पुलले दुई गाउँबीचको सामाजिक र व्यापारिक सम्बन्ध नजिक बनाउनुका साथै कृषकहरूलाई उत्पादन बजारसम्म लैजान सहज बनाएको छ। उनले भने, “अब किसानको उत्पादन सिधै बजारसम्म लैजान सकिने भएको छ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार, स्थानीय तह निर्माणपश्चात रुरुक्षेत्रमा ग्वादीसहित छम्दी, तालखोला र गोलपोखरी–बेँसीकाचौर गरी चारवटा झोलुङ्गे पुल निर्माण भइसकेका छन्। पुल अभावकै कारण पहिले थोर्गाको कालीगण्डकी प्राथमिक विद्यालयलाई रिडीमा समायोजन गर्नुपर्ने बाध्यता रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update