नेभिगेशन
समाचार

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा नागरिक समाजको भूमिकालाई निर्णायक बताउँदै सबैलाई साझा दायित्व पूरा गर्न आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ अन्तर्गत स्पेनको सेभिल्लामा आयोजित सिभिल सोसाइटी फोरमको समापन सत्रमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासशील देशहरूलाई वित्तीय लगानीका लागि प्रतिबद्धता पूरा गर्न जोड दिए।

उनले भने, “तपाईंहरू सहभागी मात्र होइन, परिवर्तनका उत्प्रेरक पनि हो। तपाईंहरूको वकालतले देखिने खालको परिवर्तन ल्याउन सक्छ।” नेपालको अनुभव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सुशासन, विधिको शासन, लोकतान्त्रिक मूल्य र समावेशी विकासमा मुलुक स्पष्ट रहेको बताए।

उनले समावेशीता, आवश्यकता र समानुपातिकताका आधारमा विश्वभर लगानीको आवश्यकता औंल्याउँदै भने, “नागरिक समाजको विश्वव्यापी साझेदारी र सक्रिय सहभागिता आजको आवश्यकता हो।”

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन, ऋण दिगोपना, विकास सहयोग र अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारका विषयमा अझै अधुरा कार्यसूचीहरू रहेको भन्दै ती विषयमा निरन्तर आवाज उठाउन नागरिक समाजलाई आग्रह गरे।

कार्यक्रममा स्पेन सरकारकी उपाध्यक्ष काल्भो पोयाटोको उपस्थिति रहेको थियो। उनले निजी क्षेत्रको पुँजीलाई रोजगारी सिर्जना, समावेशी वृद्धि र स्रोत परिचालनमा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update