नेभिगेशन
समाचार

गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि सरकार गम्भीरताका साथ अघि बढिरहेको बताएका छन्।

गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि सरकार गम्भीरताका साथ अघि बढिरहेको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले पछिल्ला वर्षहरूमा विपद्ले पु¥याएको असरको सन्दर्भ उठाउँदै सरकार पूर्वतयारी र प्रतिकार्यमा जुटिरहेको बताए।

“अन्तिम २५ वर्षमा देशका ८६ प्रतिशत घरधुरी कुनै न कुनै प्रकारको विपद्को चपेटामा परेका छन्,” उनले भने, “नेपाल भौगोलिक हिसाबले जोखिमयुक्त मुलुक भएकाले त्यसअनुसार सरकारको तयारी अघि बढिरहेको छ।”

गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा स्थानीय तहहरूलाई अझ सक्रिय बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले यो मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकीका अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउनुपर्ने बताए।

उनका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

विपद् न्यूनीकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउने दिशामा पनि सरकार अघि बढिरहेको गृहमन्त्री लेखकको भनाइ छ। उनले गत वर्ष असोजमा काठमाडौं उपत्यकामा आएको बाढीका बेला पूर्वसूचना प्रणाली प्रभावकारी हुन नसक्दा ठूलो धनजनको क्षति भएको स्वीकार गर्दै यसपालि टेलिकम प्रदायकहरूसँग समन्वय गरी प्रणाली सुधार गरिँदैछ भने।

काठमाडौं उपत्यकामा जोखिम न्युनिकरण र तत्काल समन्वयका लागि ‘जोइन्ट कमाण्ड पोस्ट’ स्थापना गरिएको जानकारी पनि उनले दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update