नेभिगेशन
समाचार

बर्दियाको राजापुरका रमेश चौधरी गुल्मीमा झैझगडामा गम्भीर घाइते, परिवारलाई सम्पर्क गर्न सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ,

बर्दिया जिल्ला, राजापुर नगरपालिका–४ निवासी रमेश चौधरी मंगलबार राति गुल्मीमा भएको झैझगडामा गम्भीर घाइते भएका छन्। माघु चौधरी र गर्भी चौधरीका छोरा रमेश, जो गुल्मीमा काम गर्दै आएका थिए, उक्त घटनामा गम्भीर चोटपटक लागेपछि तत्काल गुल्मी प्रहरीको सहयोगमा पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको छ। हाल उनको उपचार भइरहेको छ।

 वडा अध्यक्ष पोखरेलले रमेशलाई  व्यक्ति, उनका आफन्त वा परिवारजनलाई तुरुन्त सम्पर्क गर्न हार्दिक अनुरोध गरेका छन्। “यो दुखद घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। रमेशको परिवारलाई यो खबर छिटोभन्दा छिटो पुर्‍याउन जरुरी छ,” पोखरेलले भने।

रमेशको शीघ्र स्वास्थ्यलाभको कामनासहित यो सूचना व्यापक रूपमा फैलाउन र सम्बन्धित परिवार सम्म पुर्‍याउन स्थानीय समुदाय, प्रहरी प्रशासन र सञ्चारमाध्यमसँग सहयोगको हामी हार्दिक अपिल गर्दछौ। 

स्रोत Bikram kayasth Facebook 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update