नेभिगेशन
समाचार

काठमाडौं महानगरका दुई वडामा सडकको दुर्दशा : स्थानीयलाई हिलाम्मे पीडा

काठमाडौं महानगरपालिका वडा नम्बर १६ र २६ का स्थानीयवासी वर्षौंदेखि अलपत्र परेको सडक समस्याबाट पीडित बनेका छन्।

वडा नम्बर १६ अन्तर्गत पर्ने निर्मल लामा मार्गस्थित अमृत स्कुल अगाडिको सडक निर्माण अलपत्र अवस्थामा छ। वर्षौंदेखि काम सम्पन्न नहुँदा उक्त सडक हिलाम्मे बनेको छ। स्थानीयवासीहरूले वडा कार्यालयमा बारम्बार दबाब दिएपछि बल्ल हाल ग्राभेलिङको काम सुरु गरिएको हो।

उता वडा नम्बर २६ ले जिम्मा लिएको म्हेपी सडकको अवस्था पनि त्यत्तिकै दयनीय छ। माघ महिनामा ढल व्यवस्थापनको काम सुरु भई जेठमा सकिए पनि त्यसपछि सडक सुधारको बाँकी काम अघि बढ्न सकेको छैन।

 

यस सडक भएर स्कुल जाने बालबालिका, पैदलयात्री तथा मोटरसाइकल चालकहरूलाई दैनिक हिलाम्मे सडकले हैरानी बनाएको छ। वर्षायाममा अवस्था झनै भयावह बन्दा जनजीवन प्रभावित भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update