नेभिगेशन
समाचार

विपद् जोखिम न्यूनीकरणका लागि तीन ठाउँमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृहमन्त्री लेखकको घोषणा

— गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएका छन्।

मंगलबार राजधानीमा आयोजित ‘विपद् व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मन्त्री लेखकले अन्य क्षेत्रहरूमा पनि आवश्यकतानुसार हेलिकोप्टर तयारीमा राख्ने तयारी भइरहेको जानकारी दिए।

‘हेलिकोप्टर एसोसिएसनसँग समेत समन्वय गरी आवश्यकता अनुसार थप हेलिकोप्टर तयारी अवस्थामा राखिनेछ,’ गृहमन्त्री लेखकले भने, ‘सीमित स्रोत र साधनका बीचमा पनि सरकारले विपद् प्रतिकार्य तथा न्यूनीकरणमा गम्भीर प्रयास गरिरहेको छ।’

उनले प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्था, यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विपद् व्यवस्थापन साझा प्रयासबाट मात्रै प्रभावकारी हुने बताए।

मन्त्री लेखकले सातवटै प्रदेशमा निर्माण गरिएको आपत्कालीन गोदाम घरहरू अब प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जानकारी पनि दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update