नेभिगेशन
समाचार

तिलोत्तमा नगरपालिकाको २ अर्ब ९२ करोड बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार नगर उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा बजेट प्रस्तुत गरिन्।

प्रस्तावित बजेटमध्ये ४४.१७ प्रतिशत अर्थात् १ अर्ब २९ करोड ४० लाख ७२ हजार चालु खर्चतर्फ र ५५.८३ प्रतिशत अर्थात् १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५८२ रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। बजेटको स्रोत आन्तरिक राजस्वबाट ३३ करोड र बाँकी दुई अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट जुटाइने उल्लेख छ।

चालु वर्षको तुलनामा आगामी वर्षको बजेटमा १६ करोड रुपैयाँभन्दा बढी वृद्धि गरिएको छ। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, उद्यमशीलता, रोजगार र समावेशी विकासलाई प्राथमिकतामा राखेको उपप्रमुख चौधरीले बताइन्।

बजेट विवरणअनुसार:

शिक्षा, स्वास्थ्य र सामाजिक विकास क्षेत्रमा: ९९ करोड ४२ लाख ५२ हजार ५०२ रुपैयाँ

आर्थिक विकासमा: ६ करोड १९ लाख ५० हजार

पूर्वाधार विकासमा: ९७ करोड ५ लाख ३९ हजार

‘एक वडा, एक किलोमिटर सडक’का लागि १५ करोड

भ्यू टावर निर्माणमा १ करोड

सिटी कलेज सञ्चालनमा ५० लाख

स्किल ट्रेनिङ सेन्टर स्थापनामा २५ लाख

वडाभवन र अन्य संरचनामा ५ करोड

सुशासन तथा प्रशासन क्षेत्रमा: ५१ करोड ७३ लाख ५८ हजार

करार कर्मचारी र नगर प्रहरीका लागि सामाजिक सुरक्षा कोषमा १ करोड ५० लाख विनियोजन

नगर प्रमुख रामकृष्ण खाणले असार ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट तयार गरिएको हो। राजस्व परामर्श समितिका संयोजकको रूपमा चौधरीले आर्थिक तथा विनियोजन विधेयकसमेत प्रस्तुत गरेकी छन्। प्रस्तुत विधेयकमाथि छलफल गर्न असार २० गते चौथो बैठक बस्ने तय गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update