नेभिगेशन
समाचार

बाँकेमा टाउको र हात नभएको अवस्थामा भेटियो सब

बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं ३ मा बस्ने रणबहादुर दमाईको सब सोही गाउँपालिका को  वडा नम्बर ६ मा भेटिएको छ। मृतक रणबहादुरका छोराका अनुसार बुबाले धेरै मदिरा सेवन गर्ने भएका कारण यस्तो दु:खद घटना घटेको हुनसक्ने बताएका छन्। 

 

बैजनाथ गाउँपालिका वडा नम्बर ६ का स्थानीयहरूले पोखरीमा माछा मार्ने क्रममा टाउको र हात नभएको सब तैरिएको अवस्थामा फेला पारेका थिए। सबको पहिचान खुल्न नसकेपछि स्थानीयवासीहरूले नजिकै रहेको इलाका प्रहरी कार्यालय बाँकेमा खबर गरेका थिए।
प्रहरीले खबर पाएलगतै प्रहरी टोलीको टिम घटनास्थलमा पुगेर त्यहाँको अनुसन्धान गर्दा उनको साथबाट एउटा नागरिकता फेला पारेको थियो। सोही नागरिकतामा रहेको नाम रणबहादुर दमाईका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा थप विवरणसहित सोही नागरिकता धनी अर्थात् मृतक रणबहादुर दमाई नै भएको प्रहरीले पुष्टि गरेको थियो।

बैजनाथ गाउँपालिका ३ मा बस्ने मृतक रणबहादुर दमाई करिब छ महिनादेखि आफ्नो घरपरिवारसँग सम्पर्कविहीन थिए।
अन्तत उनको सब छ महिनापछि अहिले यस्तो विक्षिप्त अवस्थामा भेटिएको छ। प्रहरीले यो विषयमा थप अनुसन्धान अगाडि बढाएको छ।

            समाचारदाता :गोपाल गुर्ताल बर्दिया बाँसगढी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update