नेभिगेशन
समाचार

चितवन गोही प्रजनन केन्द्रमा २०२ गोहीका बच्चा कोरलिए

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा गोहीका २०२ बच्चा कोरलिएका छन्। यी बच्चा राप्ती नदी किनारबाट सङ्कलन गरिएका २३२ अण्डाबाट कोरलिएका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार तीमध्ये २० अण्डा प्रयोगशालामा राखिएको थियो, जहाँबाट १९ बच्चा कोरलिएको हो। बाँकी २१२ अण्डा प्राकृतिक रूपमा केन्द्रमै राखिएको थियो।

गत वैशाख १६ गते राप्ती नदी किनारमा रहेका सात वटा गुँडबाट अण्डा सङ्कलन गरेर केन्द्रमा ल्याइएको थियो। जोखिममा रहेका गुँडबाट अण्डा बचाउन यो प्रक्रिया अपनाइन्छ।

कोरलिएका बच्चाहरू हुर्किएपछि नारायणी र राप्ती नदीमा छाडिने गरिएको छ। सन् १९७८ मा स्थापना भएको प्रजनन केन्द्रले सन् १९८१ देखि गोही नदीमा छाड्न थालेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update