नेभिगेशन
समाचार

कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (विचौलिया) मार्फत  घुस लिएको अभियोगमा मुद्दा दायर भएको हो । 

खरिदार पाण्डेसहित अर्का खरिदार रतन बहादुर जि.सी., लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । सुरुमा तीन जनालाई आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेकोमा छानविनको क्रममा सो घटनामा अर्का नासु रतनबहादुर जिसीको समेत मिलेमतो देखिएपछि उनलाई पनि प्रतिवादी बनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update