नेभिगेशन
समाचार

पाँचथरमा बेलिब्रिज भत्किँदा ३ जनाको मृत्यु भएको छ,

पाँचथरको हेवा खोलामा मेची राजमार्गअन्तर्गत निर्माणाधीन बेलिब्रिज भाँचिदा तीन जना श्रमिकको मृत्यु भएको छ। 

 प्रहरी कार्यालयका अनुसार शनिबार फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ मा भएको यो घटनामा बारा सिमरा उप–महानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो।

सोही घटनामा अन्य तीन जना श्रमिक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा बारा सिमराकै २५ वर्षीय भुनेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update