नेभिगेशन
समाचार

एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका कुमार के भन्छन् ?

अहमदाबादमा भएको एयर इण्डिया विमान दुर्घटनामा एक यात्रु जीवित फेला परेका छन्। अहमदाबादका प्रहरीले विमानको ११ए सीटमा बसेका यात्रु जीवितै भेटिएको बताएको छ ।

अहमदाबादका प्रहरीका आयुक्त जी.एस. मलिकले जानकारी दिँदै भने, “प्रहरीले सीट नम्बर ११ए मा एक जीवित व्यक्ति फेला पारेको छ। ती व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ र हाल उपचार भइरहेको छ। हालसम्म मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन, तर विमान आवासीय क्षेत्रमा खसेको हुनाले मृत
भारतीयसञ्चार माध्यमका अनुसार ४० वर्षीय विश्वास कुमार रमेश जीवितै भेटिएका हुन् । उनले आफूमाथि बितेको क्षणको बयान दिएका छन्। उनले भने, “उडान भरेको करिब तीस सेकेन्डपछि एक जोरको आवाज आयो र त्यसपछि विमान खस्यो। यो सबै एक्कासी भयो। जब म होशमा आएँ, मेरो चारैतिर शवहरू बिछिएका थिए। म अत्यन्तै डराएँ र त्यहाँबाट भागेँ। विमानका टुक्रा चारैतिर छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल पुर्‍यायो।”

विश्वास बेलायतका नागरिक हुन् । उनी केही दिनका लागि परिवारसँग भेटघाट गर्न भारत आएका थिए। उनी आफ्ना ४५ वर्षीय दाजु अजय कुमार रमेशसँग बेलायत फर्कंदै थिए। विश्वासले बताएअनुसार उनी विगत २० वर्षदेखि लन्डनमा बस्दै आएका छन् र उनकी पत्नी तथा छोराछोरी पनि त्यहीँ बस्छन्।

यता बेलायतका महाराजा चार्ल्स तृतीयले अहमदाबादमा भएको यो भयावह दुर्घटनाबाट आफू र महारानी कैमिला स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

यस्तै गुजरात सरकारले विमानमा सवार यात्रुका आफन्तहरूलाई शवको पहिचानका लागि डीएनए नमुना दिन अपिल गरेको छ। दुर्घटना अत्यन्तै भीषण भएको हुनाले धेरै शवहरूको पहिचान गर्न मुस्किल परिरहेको बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update