नेभिगेशन
समाचार

जाजरकोटमा पौडी खेल्ने क्रममा युवकको डुबेर मृत्यु

नलगाड नगरपालिका-६ का २१ वर्षीय विकास बुढाको आइतबार पिउली खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ। नलगाड-३ कट्केस्थित माइती घरबाट फर्कने क्रममा खोलाको तालमा डुब्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार, बुढा स्थानीय पिउली खोलामा पौडी खेल्न गएका थिए। सोही क्रममा गहिरो तालमा डुब्दा उनको ज्यान गएको हो। प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।

यस दुखद घटनाले स्थानीय समुदायमा शोक छाएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update