नेभिगेशन
समाचार

बाँसगढीमा विश्व वातावरण दिवस : RKJS र युवा सञ्जालद्वारा उत्साहपूर्ण कार्यक्रम सम्पन्न

बाँसगढी, २२ जेठ २०८२ – बाँसगढी नगरपालिकामा RKJS युवा सञ्जालले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमले स्थानीय समुदायमा वातावरण संरक्षणप्रति उत्साह र जागरूकता फैलाएको छ। ६० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महिला समूह, स्थानीय प्रहरी, युवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी र समुदायका अग्रजहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनायो।

पलाष्टिक प्रदुषण बिरुद्ध लागौ नाराका साथ आयोजित कार्यक्रममा सहभागीहरूलाई टिसर्ट र साबुन वितरण गरिएको थियो भने खाजाको व्यवस्थाले कार्यक्रमलाई जीवन्त बनाएको थियो। कार्यक्रमको सुरुवातमा RKJS युवा सञ्जालका तर्फबाट राज सिंह थारूले स्वागत मन्तव्य राख्दै वातावरण संरक्षणको महत्त्वमाथि जोड दिनुभयो।

 

स्वास्थ्य शाखाका प्रतिनिधि कुलबहादुरले वातावरणीय स्वास्थ्य र प्लास्टिक प्रदूषणबीचको सम्बन्धबारे गहन मन्तव्य प्रस्तुत गर्नुभयो। उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालले वातावरण संरक्षणमा निजी क्षेत्रको भूमिकाबारे प्रकाश पार्दै व्यवसायीहरूले अपनाउनुपर्ने दिगो अभ्यासहरूबारे जोड दिनुभयो। यस्तै, RKJS का कोषाध्यक्षले संस्थाको पहल र वातावरण संरक्षणमा योगदानबारे जानकारी गराउनुभयो।

कार्यक्रमको समापन मन्तव्य चन्द्र साही टोलीका संयोजकले राख्दै सबै सहभागीप्रति आभार प्रकट गर्नुभयो। उहाँले भविष्यमा यस्ता रचनात्मक र प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वृक्षरोपण, सरसफाइ अभियान र वातावरणमैत्री जीवनशैली अपनाउने सामूहिक संकल्प पनि गरिएको थियो।

महिला समूहका प्रतिनिधिले वातावरण संरक्षणमा महिलाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। प्रहरीले पनि सामुदायिक सहकार्यमार्फत वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको थियो।

 

कार्यक्रमले वातावरणप्रति सचेतना बढाउन महत्त्वपूर्ण योगदान पुगेको भन्दै आयोजक RKJS युवा सञ्जालको प्रशंसा गरे। बाँसगढी नगरपालिकामा यस्ता कार्यक्रमले आगामी दिनमा थप गति लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update